स्याङ्जा २ मा गुरुङको अग्रता कायमै
पाेखरा | मंसिर १५, २०७९
पोखराः प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङ्जाको क्षेत्र नं २ बाट नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
गुरुङले ९ हजार ६१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याल ७ हजार ४६ मत ल्याई दोस्रो स्थानमा छिन् । उनलाई २ हजार ८८२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पछ्याइरहेका छन् । गुरुङ २ हजार ५६७ मतको अन्तरले पहिलो स्थानमा छन् ।
त्यस्तै स्याङ्जाबाट प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ (१) मा १०,०२४ मतका साथ नेपाली कांग्रेसका भोजराज अर्याल अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मोहनप्रसाद रेग्मीले भने ७ हजार २८६ मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

